२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनेगलद्वारा आयोजक कतार पराजित



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो ।

कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४८औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा र्पूयाए ।

त्यसपछि खेलको ७८औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारका लागि यही नै पहिलो गोल हो । खेलको ८४औँ मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए ।

जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । सेनेगलले दुई खेलबाट तीन अङ्क जोडेको छ । यता कतारको यो लगातार दोस्रो हार हो ।




भर्खरै