२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्प फर ह्युमानिटीको सहकार्यमा पारस खड्काद्धारा क्रिकेट किट हस्तान्तरण



अ+ अ-

काठमाडौं । हेल्प फर ह्युमानिटी नेपालले युवा पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पासँगको सहकार्यमा क्रिकेट किट वितरण गरेको छ । नेपाली क्रिकेट टीमका पुर्व कप्तान पारस खड्काले सुदरपश्चिम दार्चुलाका अभिजीत अ‍ैरेलाई क्रिकेट किट हस्तान्तरण गरेका हुन् ।

क्रिकेट खेलप्रति लगाव रहेको तर आर्थिक अवस्था कमजोर रहेका अ‍ैरेलाई पर्यटन व्यवसायी शेर्पासंगको सहकार्यमा किट प्रदान गरिएको हो ।
क्रिकेट किट प्रदान गर्दै पुर्व कप्तान खड्काले अ‍ैरेलाई सफल खेलाडी बन्न शुभकामना दिए । ‘सहयोगको लागि हेल्प फर ह्युमानिटी टिम र सोनाम ज्यूलाई धन्यवाद । अभिजीत अ‍ैरे भाइलाई सफल खेलाडी बन्न शुभकामना ।’ उनले भने, ‘हेल्प फर ह्युमानिटी नेपालले पनि आवश्यक पर्नेहरुलाई मात्रै सहयोग गर्नु होला ।’

खेल जस्तै शिक्षा, स्वास्थ्य जस्ता जुन सुकै क्षेत्रमा आवश्यक पर्नेहरुलाई सहयोग गर्न उनले हेल्प फर ह्युमानिटी नेपाललाई सुझाव दिए ।
यस्तै पर्यटन व्यवसायी शेर्पाले विगतमा आफुले जस्तो समस्या भोग्नु नपरोस भनेर सहयोग गरेको जानकारी गराए । ‘पहिला म पनि खेलप्रेमी थिए । त्यतिखेर रहर भएपनि आर्थिक अभावका कारण खेल सामग्रिहरु किन्न सकिदैन थियो ।’

उनले भने, ‘आफुले जस्तो समस्या भोग्नु नपरोस भनेर सहयोग गरेको हो ।’
यसैगरी संस्थाका कोषाध्यक्ष चिरञ्जिबी अधिकारीले पर्यटन व्यवसायी शेर्पा प्रति आभार व्यक्त गर्दै इच्छुक संघ संस्था वा समाजसेवीहरुलाई संस्थासँग सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे ।

हेल्प फर ह्युमानिटी नेपालले गर्ने सहयोग निरन्तरता रहने संस्थाका अध्यक्ष मधुसूदन ध्वज खड्काले जानकारी गराए ।