२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुखै नखोली गृहमन्त्री हराउने नेता



अ+ अ-

काठमाडौं । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा निर्वाचन अबधिभर मौन रहे ।

उनले कतै पनि भाषण गरेनन् । शुभेच्छुक र मतदातालाई नमस्कार मात्र गरे । गृहमन्त्री समेत रहेका र केन्द्रमा पाँचदलको तथा रुपन्देहीमा ६ दलको समर्थनमा उम्मेदबार बन्नुभएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडको प्रचार शैली निकै आक्रमक नै थियो । ठुला देखी कोणशभा सम्म । मोटर देखी मोटरसाईकलमा माईक राखेर प्रचार गरिएको थियो ।

तर बोहोरा भने मौन थिए । मतदातालाई हात मात्र जोडेका हुन्थे । कहि कतै बोल्नु परे उनका तर्फबाट राप्रपा नेता निरञ्जन थापा, राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, सागरप्रताप राणा, युवराज घिमिरे लगायतले सम्बोधन गर्दथे ।

पोस्ट कोभिडका कारण घाटिमा समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा बसेका छन् । यस बिचमा उनि उपचारका लागि कहिले भारत त कहिले अमेरिका पुगे । अझै केही समय उनि भ्वाइस रेस्ट’मा नै बस्नु पर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।

बोहोराले २६ सय ४२ मतको अन्तरमा गृहमन्त्री खाँणलाई पराजित गरे । बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरे भने खाँणले ३४ हजार ६ मत पाए।




भर्खरै