२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्ष पौडेलद्वारा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण



अ+ अ-

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नु भएको छ ।

शनिबार अपरान्ह २७ हजार १४८ मत ल्याई निर्वाचित हुनु भएका उहाँलाई निर्वाचन अधिकृत उद्वीर नेपालीले रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र वितरण गर्नुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गर्नु भएको थियो ।

कार्यक्रममा सोही क्षेत्रको (१)मा निर्वाचित प्रदेशसभा सांसद लिला गिरी र (२) मा निर्वाचित प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले पनि आफू निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्नु भयो ।प्रदेशसभामा निर्वाचित गिरी र श्रेष्ठ पनि एमालेबाट निर्वाचित हुनु भएको हो । प्रमाणपत्र ग्रहण गरेलगत्तै एमालेका नेता, कार्यकर्ताहरु उत्साहका साथ विजय जुलुसमा सहभागी भएका थिए ।