२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ ।

जारी मतगणनामा नेकपा (एमाले)२४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार नौ सय ८३ मत प्राप्त गरेको छ । आज अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार पाँच सय २२ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख १३ हजार नौ सय ११, छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख चार सय ४९ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ३५ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।

यस्तै जनमत पार्टीले दुई लाख ३४ हजार एक सय २७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख दुई हजार ७९, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २२ हजार पाँच सय ५७, नेपाल मजदुर किसान पार्टीले ७० हजार तीन सय ७१, हाम्रो नेपाली पार्टीले ४९ हजार छ सय २७, मङ्गोल नेशनल अर्गनाइजेशनले ४४ हजार दुई सय आठ र राष्ट्रिय जनमोर्चाले ४३ हजार नौ सय २६ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार पाँच सय चार मत प्राप्त गरेको छ ।