२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा सन्देश छ: रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराइसँग बीचमा बसेर फोटो खिचाउँदै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन् ।

काठमाडौँ फर्किने क्रममा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा जम्काभेट भएपछि उनले दुवै नेतासँग खिचेको फोटो फेसबुकमा साझा गर्दै ‘तस्बिरमा सन्देश छ’ भनेर लेखेकी छन् ।

यद्यपि उनले तस्बिरले कस्तो सन्देश दिन खोजेको हो भन्नेबारे केही खुलाएकी छैनन् । गुल्मी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा उनी एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन् ।

एमाले विभाजन हुँदा झाँक्री एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेकी थिइन् । अर्थपूर्णरुपमा लेखेको सन्देशले उनले पुनः एमालेतिर फर्किन लागेको छनक दिएकी हुन् की भन्ने अनुमान गरिएको छ ।