२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी ४ को अवरुद्ध मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी



अ+ अ-

काठमाडौँ । सुनसरी ४ को अवरुद्ध मतगणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिनुभएको हो । सोमवार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उमेदवार कुसियतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मत गणना गर्न आग्रह गर्नुभयो ।

उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरित विषय उठान गरी मत गणना अवरुद्ध पारेको आरोपसमेत लगाउनु भयो । उहाँले मत गणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

पत्रकार सम्मेलनमा उम्मेदवार कुसियैतले भन्नुभयो, ‘गणनामा आलटाल भइरहेको छ । एमाले कानूनसंगत अघि बढ्न चाहन्छ । तसर्थ आयोगले तत्काल निर्णय दिओस् र गणना सुचारू होस् । सञ्चारमन्त्री आफैँ हुनुहुन्छ, सरकारका प्रवक्ता र सरकारमा आफैँ हुनुहुन्छ, मलाई न्याय चाहियो रे ? कस्तो खालको न्याय हो ।’

सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत गणनाको माग सहितको उजुरी हालेको छ ।