२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

घानाले दक्षिण कोरियालाई हरायो



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे । उनले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गरे । त्यस्तै खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे ।

यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ । यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो । दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो।




भर्खरै