२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकतर्फ ९६ लाख मत गणना , एमालेको २६ लाख



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ ।

आज बिहान १०:३० बजेसम्मको गणन अनुसार नेकपा(एमाले)ले २५ लाख ९३ हजार चार सय ६६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ५७ हजार तीन सय तीन मत प्राप्त गरेको छ ।

नेकपा(माओवादी केन्द्र)ले ११ लाख चार हजार आठ सय ३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार जनमत पार्टीले तीन लाख एक हजार छ सय २० मत, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ६५ हजार पाँच सय ४७ मत प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार तीन सय पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार चार सय आठ, नेपाल मजदूर किसान पार्टीले ७३ हजार एक सय ६९, हाम्रो नेपाली पार्टीले ५३ हजार तीन सय ५२ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार पाँच सय एक र राष्ट्रिय जनमोर्चाले ४५ हजार तीन सय पाँच मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।रासस




भर्खरै