३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचित प्रमाणपत्र लिएको दिनमै एक्शनमा उत्रिए सांसद बर्तौला



अ+ अ-

हेटौंडा । मकवानपुरका किसानले खेती बाली लगाउने समयमा पनि मल नपाएको गुनासो गरेपछी जिल्लाको क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला कृषि सामाग्री कम्पनि लिमिटेडको मल गोदाममै गएर निरिक्षण गरेका छन् ।

सोमबार सांसद बर्तौला साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय तथा कृषि सामग्री लिमिटेडको गोदाममा पुगेका हुन् ।

संघीय सांसदको रुपमा निर्वाचित भएपछी उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमाणपत्र लिने बित्तिकै किसानले समयमानै मल नपाएको गुनासो बढेपछि तत्काल मल वितरण गर्न निर्देशन दिन उनी एक्शनमा उत्रिएका हुन् ।

कृषि सामाग्री कम्पनि लिमिटेको हेटौंडा–२ शिद्धार्थ रोड स्थित गोदाममा गएर उनले निरिक्षण गर्दै तत्काल किसानलाई मल वितरण गर्न निर्देशन दिए ।

निर्वाचनमा उम्मेदवारी दिएका बेलामा हरेक समस्यामा आफू साथै रहेको उद्घोष गरेका बर्तौलाले आजैबाट आफ्ना क्षेत्रका नागरिकको समस्यामा सहजीकरणको काम सुरु गरेका हुन् ।

मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल गोदाममै थन्किएको छ । तर, स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमानै मल वितरण गर्न थप समस्या भएको कृषि सामाग्री कम्पनि लिमिटेडका प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष बताए ।

किसानलाई आवश्यक परेको समयमा तत्काल मल वितरण गर्ने वातावरण तयार गर्नका लागि सांसद बर्तौलाले निर्देशन दिएका छन् ।




भर्खरै