१० असार २०८३, बुधबार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोट खसालेपछि जनताको काम सकिन्छ, जनप्रतिनिधिको काम सुरु हुन्छ– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले भोट खसालेपछि जनताको काम सकिन्छ र जनप्रतिनिधिको काम सुरु हुने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार उहाँले मतदानपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरु हुने भन्दै आफूले बुझेको राजनीति यही भएको बताउनुभयो ।

घिसिङसँगको भेटपछि उहाँले चितवन निर्वाचन क्षेत्र नं २ को इच्छामनकामना गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ का विद्युत् नपुगेका स्थानमा यही मंसिर महिनाभित्र क्रमशः टेन्डर आह्वान गरी विद्युत् लाइन विस्तार हुने जानकारी दिनुभएको छ । सो निर्वाचन क्षेत्रबाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले भन्नुभएको छ, “आज विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङज्यु सँग तत्काल विद्युत् लाइन विस्तार गर्न छलफल भएको छ । अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।”

चितवनका किसानले वर्षौंदेखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि आज कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्था निरीक्षण गरेको जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेले दुवै भेटघाट निकै फलदायी बनेको बताउनुभयो ।

उहाँका अनुसार कालिका नगरपालिकाको विद्युत् नपुगेको पहाडी भेगमा पनि अब तत्काल विद्युत् विस्तार हुनेछ ।

उहाँले भन्नुभएको छ, “केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौँ। निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौँ। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुल सात स्थानमा विजयी हासिल गरेको छ । त्यस्तै उसले हाल कूल ९७ लाख २२ हजार मतगणना हुँदा सो पार्टीले १० लाख ८३ हजार मत पाइसकेको छ । थ्रेसहोल्ड कटाइसकेको सो पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भइसकेको छ ।