२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकतर्फ १ करोड बढी मतगणना, एमालेले २६ लाख ९७ हजार



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड बढी मतगणना भएको छ ।

गणना अनुसार नेकपा (एमाले) ले एमालेले २६ लाख ९७ हजार ६ सय ६४ प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २५ लाख ५५ हजार १ सय ६१ मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४१ हजार २ सय ७३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७ सय ८९ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७० हजार ३ सय ४, जनता समाजवादी पार्टीले तीन लाख ९३ हजार पाँच सय ९९ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार जनमत पार्टीले तीन लाख ५४ हजार ३सय ८५ मत, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ८२ हजार एक सय ८९ मत प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४४ हजार तीन सय ४३, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४८ हजार पाँच सय ६ , नेपाल मजदूर किसान पार्टीले ७३ हजार ६ सय २९, हाम्रो नेपाली पार्टीले ५३ हजार नौ सय १० , मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार आठ सय ५ र राष्ट्रिय जनमोर्चाले ४५ हजार सात सय तीन मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।