२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा न्युजिल्याण्डलाई २२० रनको लक्ष्य



अ+ अ-

काठमाडौं । क्राईस्टचर्चमा जारी एकदिवसीय क्रिकेटमा भारतले घरेलु टोली न्युजिल्याण्डलाई २ सय २० रनको लक्ष्य दिएको छ ।

भारत र न्युजिल्याण्ड बीचको तेस्रो तथा अन्तिम एकदिवसीयमा टस हारेर पहिले ब्याटिङ रोजेको भारतले ४७.३ ओभरमा अलआउट हुदै २ सय १९ रन जोडेको हो ।

भारतको तर्फबाट वासिङ्टन सुन्दरले ६४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले भने श्रेयस अय्यरले ४९ रन बनाए । कप्तान शिखर धवनले २८ रन जोडे भने शुभमन गिलले १३ तथा दिपक चहर र दिपक होडाले १२/१२ रन बनाए ।

न्युजिल्याण्डबाट ड्यारियल मिचेल र एडम मिल्नेले समान ३/३ विकेट लिए । टिम साउदीले भने २ विकेट लिए ।