२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुहबीमा एमालेको विजय जुलुसमा ढुंगामुढा, स्थिति तनावग्रस्त



अ+ अ-

काठमाडौँ । सुनसरीको दुहबीमा नेकपा (एमाले) को विजय जुलुसमाथि ढुंगामुढा भएको छ । दुहबी नगरपालिका–९ छाताबेलीमा ढुंगामुढा हुँदा झडपसमेत भएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भगवती चौधरी र प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय र्यालीमा एक्कासि ढुंगामुढा भएको हो । त्यसपछि सो क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो ।

ढुंगा लागेर एमाले कार्यकर्ताहरु लालमोहम्मद रैन, कुर्बान मियाँ र तवरेज आलम घाइते भएको बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुहबी–९ का वडाध्यक्ष तथा सुनसरी निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय सभापति मेहदी हुसेनको घरनजिक पुगेको विजय र्यालीमाथि एक्कासि आक्रमण भएको एमालेले जनाएको छ । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा विसं २०४८ देखि हरेक निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार यसपटकको निर्वाचनमा एमालेकी चौधरीसँग पराजित भएका छन् ।