२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा राति ९ बजेदेखि मतगणना थालिने



file
अ+ अ-

काठमाडौं । स्याङ्जा–२ मा बुधबार राति ९ बजेदेखि मतगणना थालिने भएको छ ।

निर्वाचन आयोगले आज मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो । नेकपा (एमाले)ले चापाकोट नगरपालिकाको चार बुथमा धाँधली गरी बुथ कब्जा भएको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको थियो । अर्कोतर्फ कांग्रेसले भने तत्काल मतगणनाको माग गर्दै आएको थियो ।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार छन् ।