२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।

प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा ९एमाले०का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांगे्रसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एक सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गर्नुभएको छ ।

मधेस प्रदेशबाट धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादवले एक सय ५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले एक सय २४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले एक सय ६७ मतले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गर्नुभएको छ ।

बागमती प्रदेशबाट काठमाडौँ–१ मा कांग्रेसका प्रकाशमान सिंहबाट एक सय २५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पराजित हुनुभएको छ । लुम्बिनी प्रदेशबाट दाङ–२ मा नेकपा ९माओवादी केन्द्र०का रेखा शर्माले एक सय ९३ मतले एमालेका शङ्कर पोख्रेललाई, बर्दिया–२ मा स्वतन्त्रबाट लालवीर चौधरीले एक सय ३६ मतले नेकपा ९माओवादी केन्द्र० का सुरेश पन्थलाई पराजित गर्नुभएको छ ।

कर्णाली प्रदेशबाट दैलेख–२ कांग्रेसका दिक्पालकुमार शाहीले एक सय ६७ मतले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गर्नुभयो । समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट चार, कांग्रेसबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना दुई सयभन्दा कम मतान्तरले पराजित हुनुभएको छ । रासस