२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारका लागि माओवादीका उपमहासचिव पुन आज चीन जाँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जाने हुनुभएको छ । नेता पुनलाई वंशाणुगत रुपमा रहेको पुरानै रोग जण्डिले फेरि सताउन थालेपछि फलोअप उपचारका लागि उहाँ चीन जान लाग्नुभएको हो । चीनमा उहाँले सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराउनुहुने जनाइएको छ ।

गत २०७८ मंसिरमा पनि उहाँ सोही अस्पतालमा एक महिना उपचार गरी फर्किनुभएको थियो । आज साँझा ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन पुग्ने पुनको सचिवालयले जनाएको छ ।

चीनमा गत वर्ष उपचार गराएर फर्किंदा बिलुरुबिन ९ रहेकामा अहिले फेरि बढेर ३५ पुगेको छ । बिलुरुबिनले जण्डिसको मात्रा निर्धारण गर्दछ । उहाँसँगै पूर्वसभामुख एवं उहाँकी धर्मपत्नी ओनसरी घर्ती र छोरी शीला पनि आजै सेनजेन जान लाग्नुभएको छ ।

उपमहासचिव पुनले चीन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गर्नुभएको छ । स्वास्थ्यमा समस्या आएसँगै उहाँ रोल्पामा चुनावी कार्यक्रममा समेत सहभागी हुनसक्नुभएको थिएन । उहाँ मतदान गरेलगत्तै काठमाडौँ फर्केर आराम गरिरहनुभएको छ ।