२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ राष्ट्रिय क्रिकेटः सुदुरपश्चिम फाईनलमा



अ+ अ-

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश फाईनल पुगेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको समूह चरणअन्तर्गतको अन्तिम खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाईनलमा प्रवेश गरेको हो।

मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो । खराब मौसमका कारण ४५ ओभरमा छोट्टयाईएको खेलमा बागमतीले सुदुरपश्चिमलाई जितका लागि दिएको १ सय २५ रनको लक्ष्य दिएको थियो ।

सुदुरपश्चिमको जितमा कप्तान अनुराग सिंहले ४४ बलमा ३९ रन बनाए । मिलन बोहोराले ३३ रन जोडे भने गजेन्द्र बोहोराले १९ रन थपे । त्यस्तै, दिपक बोहोराले १७ रन तथा दीपक बोहोराले १० रन बनाए ।

बागमतीको तर्फबाट रोसन विकले २ विकेट लिए भने प्रतिक श्रेष्ठले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बागमतीले भने २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको थियो । बागमतीका लागि प्रतिक श्रेष्ठले ५० बलमा ४४ रन बनाए भने रोशन विकले ३६ र सक्षम बस्ताकोटीले ३३ रन बनाए ।

सुदुरपश्चिमका बलर आकाश चन्दले ह्याट्रिक सहित ४ विकेट लिएका थिए । चन्दले ५.४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै हेमन्त धामीले ३ विकेट लिए भने नरेन साउदले २ विकेट लिए । युवराजले १ विकेट रह्यो ।

सुदुरपश्चिम ६ खेलमा अपराजित रहदै १२ अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । भने बागमती ६ खेलमा ४ जित र २ हारका साथ ८ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । बागमती फाईनलमा पुग्न भने शनिबार हुने खेलमा लुम्बिनीलाई पराजित गर्नुपर्ने हुन्छ ।