२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किवी बिक्री नहुँदा किसान चिन्तामा



अ+ अ-

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । सात वर्षअघि व्यावसायिकरुपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तामा परेका हुन् ।

अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका किसानले एक सय केजीदेखि पाँच सय केजीसम्म किवी उत्पादन गर्न सुरु गरिरहेका छन् । जिल्लाभित्र किवी बिक्रीमा समस्या हुँदा बजार खोज्न धरान, इटहरी, इनरुवा दुहवी तथा विराटनगरसम्म पुग्नुपर्ने अवस्था आएको जिल्लाका किवी किसानको भनाइ छ ।

चिसापानीमा क्षेत्रमा झण्डै १० घरका किसानले व्यावसायिकरुपमा किवी खेती गर्दै आएको रौता बोलुङ्खाका कृषक हर्क राईले बताउनुभयो । बोलुङ्खाकै अर्का किसान भूपराज राईले पनि आफूहरुले उत्पादन गरेको किवीले बजार नपाएको गुनासो गर्नुभयो । छ वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट किवीको बिरुवा लगेर सुरु भएको किवी खेतीले अहिले राम्रो फल दिन सुरु गरिसकेको उहाँको भनाइ छ । “उत्पादन त भयो तर बजार पाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसको महत्व नबुझेर पनि बिक्री नभएको हुनसक्छ ।”

अहिले बोलुङ्खा क्षेत्रमा झण्डै आठ घर कृषकले पहिलोपटक किवी उत्पादन सुरु गरेको पनि राईको भनाइ छ । रौताकै चिसापानीका पाँच घर परिवार पनि किवी खेतीमै आबद्ध छन् । स्थानीय कृषक डोरनाथ बुढाथोकी गाउँमा अरुले किवी खेती सुरु गरेको देखेर आफूले पनि सुरु गरेको तर अहिले बजार नपाएको गुनासो गर्नुहुन्छ ।