२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको परिणाम सुखद् रहेन: राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गर्नु भएको छ ।

दलहरुमाथिनै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उहाँको भनाई थियो । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो दलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समूदायलाई आग्रह समेत गर्नु भयो ।

उहाँले सचेत समूदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटकपटक ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘चुनाव सकिन लागेको छ । अव मत गणनाको अन्तिम अवस्थामा गएको छ । लोकतन्त्रमा रोज्न पाउने हो स्वतन्त्र व्यक्ति वा विभिन्न पार्टीहरु पनि । तर जे खालको संकेतहरु आएको छ । त्यो संकेत सुखद् छ त ? कुनै एउटा पार्टी पक्षधरताको कुरा नगरीकन पार्टीप्रतिको असन्तुष्टि त्यो एमालेको, काँग्रेसको, माओवादीको वा अर्को, अर्कोको कुरा होइन । पार्टी होइन स्वतन्त्र । स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर, त्यो पार्टी भन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको कि ? स्वतन्त्र हुँदै नहुने भन्ने होइन । विचारमा त्यो पनि हुन्छ । तर बहुदलीय परिपाटी हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठने कुरा किन भईराखेको छ । अब सोच्ने बेला आएको छ । हरेक दल भित्र सोच्नुपर्ने बेला भएको छ । अनि हामीहरु रसातलतिर जाने अनि अरुले राम्रो गरेको छ भनेर कसो होला र । त्यसकारण यहाँहरुजस्तो बौद्धिक व्यक्तित्वहरु, जो देशको हर क्षेत्रमा हुनुहुन्छ ।

त्यो क्षेत्रबाट देशलाई कसरी अगाडि लैजाने भन्ने बारे सोच्नु पर्दछ । विभिन्न क्षेत्रमा रहेका संस्थाहरुले, व्यक्तिहरुले दलहरुलाई सुशासन, भ्रष्टाचार नियन्त्रण, चुहावट रोक्नका लागि के गर्नु प-यो ? एउटा सामान्य काम लिएर गएका नागरिकले दुःख पाउने ? धेरै ठूलो माग भएर पनि मानिसको दलहरुप्रति असन्तुष्टि छैन । सानोसानो कुरा पनि किन डेलिभरी भईरहेको छैन ? मैले भन्यो भने पनि बायस हुन्छ । दलहरुलाई अव तिमीहरुको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुप¥यो नि । त्यस हिसावले भन्ने गरी तपाईहरु विना आग्रह पार्टीमा लाग्नुपर्छ तपाईहरु जस्तो सचेत व्यक्तिहरु । सचेत व्यक्तिहरुको दवावले नै नेताहरु, पार्टीहरुमा करेक्सन हुने हो । त्यसरी मात्रै हाम्रो संघीयता, लोकतन्त्र, गणतन्त्र बलियो हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाई गर्न नहुने बताउनुभयो । त्यस अवसरमा उहाँले जापानले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको खुलेर प्रशंशा समेत गर्नु भयो ।