२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न एमालेका ४ प्रदेशसभा सदस्यको माग



अ+ अ-

नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् ।

रुपन्देहीबाट निर्वाचित चार प्रदेशसभा सदस्यहरु लिला गिरी, भूमिश्वर ढकला, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै संरचना नबनाई फेरि अस्थायी रुपमा वर्तमान कार्यभार हस्तान्तरण गर्ने तहमा रहेको काम चलाउ सरकारले प्रदेशको मुकाम सार्न खोजेको भन्ने सुन्नमा आएको बताएका छन् ।

विज्ञप्तिमा केही दिनमै गठन हुन लागेको प्रदेशसभा र त्यसबाट निर्माण हुने नयाँ सरकारको जिम्मेबारीमाथि हस्तक्षेप नर्ग आग्रह गरिएको छ । विगतको प्रदेशसभा सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङ र अर्घाखाँची जिल्लाको राप्ती गाउँपालिका र शितगंगा नगरपालिकामा स्थापित गर्ने गरी निर्णय गरेको भए पनि अहिलेसम्म त्यहाँ कुनै संरचना तयार नभएकाले तत्काल राजधानी नसार्न विज्ञप्तिमा माग गरिएको छ ।

प्रदेशसभा सदस्यहरुले नयाँ ठाउँमा व्यवस्थित गुरुयोजना र डिपिआर तयार गरी राजधानीको भौतिक पूर्वाधार तयार गरी राजधानी स्थापित गर्ने निर्णय भए पनि अहिलेसम्म कुनै प्रगति नभएको बताउनुभएको छ । प्रदेशसभा सदस्यहरुले जारी गर्नुभएको विज्ञप्ति यस्तो छ :