२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट लिग: नेपाल स्कटल्याण्डसँग पराजित



अ+ अ-

काठमाडौं ।आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो । यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । नेपालले स्कटल्याण्डलाई जितका लागि एक सय ३८ रनको लक्ष्य दिएको थियो । जवाफमा स्कटल्याण्डले ३२ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

स्कटल्याण्डका क्रिस्टोफर मिकब्राइडले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ४७ बलमा सात चौकासहित ४३ रनको योगदान दिएका हुन् । त्यस्तै ब्रेन्डन म्याकमलन ३२ रनमा अविजित रहे भने माइकल लिस्कले २२ रन बनाए । ओपनर जर्ज मुन्शेले १७ रन जोड्दा म्याथ्यु क्रसले १३ रन बनाए ।

नेपालका ललितनारायण राजवंशी, गुलशन झा र सागर ढकालले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको थियो । नेपालका गुलशन झाले २९ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

त्यसैगरी ज्ञानेन्द्र मल्लले ३९ बलमा तीन चौकासहित २५ रन जोडे भने कुशल भुर्तेलले १७ रन बनाए । दीपेन्द्रसिंह ऐरी नौ रनमा आउट हुँदा करण केसीले आठ रन जोडे । आसिफ शेख सात रनमा ‘क्याच आउट’ भए भने सागर ढकालले चार तथा ललितनारायण राजवंशीले तीन रन जोडे ।

स्कटल्याण्डका क्रिस सोलले तीन विकेट लिँदा मार्क वाटले दुई विकेट लिए । ब्रेन्डन म्याकमलन, शफ्यान शरिफ र माइकल लिस्कले समान एक–एक विकेट झारे ।

यसअघि भएको नेपाल र नामिबियाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क जोडेका थिए । नेपालले अब बुधबार नामिबियासँग खेल्नेछ । स्कटल्याण्ड ३० खेलमा २१ मा जित र ७ मा हारका साथ ४४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको हो । नेपाल २२ खेलमा ८ मा जित र १२ मा हारसहित १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ । रासस