२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेले गरे दुई गोल



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा पोल्याण्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्सले अन्तिम ८ मा स्थान पक्का गरेको हो । फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई गोल एक असिस्ट तथा ओलिभर जिराउडले एक गोल गरे । पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा फ्रान्सका ओश्मान डेम्बेलेले प्रहार गरेको बललाई पोल्याण्डका गोलकिपर सेजनीले सजिलै नियन्त्रणमा लिए । २० औं मिनेटमा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले प्रहार गरेको बल फ्रान्सको पोस्ट भन्दा थोरै बाहिरिन पुग्यो ।

३८ औं मिनेटमा पोल्याण्डका जेलेन्स्कीले प्रहार गरेको बललाई फ्रान्सका गोलकिपर ह्युगो लोरिसले सजिलै निण्न्त्रणमा लिए । ४४ औं मिनेटमा जिराउडले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । उनलाई एम्बाप्पेले पास उपलब्ध गराएका हुन् ।

७४ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । उनलाई डेम्बेलेले पास उपलब्ध गराए । यस्तै ९० औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि तेस्रो गोल गरे ।

खेलको इन्जुरी समयमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे ।




भर्खरै