९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपः क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्याण्ड भिड्ने



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच प्रतस्पिर्धा हुने भएको छ ।

आइतबार राति भएका दुई खेलमा पोल्यान्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स र सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्याण्डले क्वाटरफाइनलमा भेट पक्का गरेका हुन् ।

फ्रान्सका लागि केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे । आइतबार दुई गोल गरेसँगै एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले पेलेको नाममा रहेको ७ गोलको कीर्तिमानी तोडेका हुन् ।

उता, इंग्ल्यान्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक–एक गोल गरे । यो जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको भेट पक्का गरेको छ।

यसअघि नै नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् ।