६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा माओवादीको आज (बुधबार)का लागि तय भएको स्थायी समितिको बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएको कारणले स्थायी समितिको बैठक स्थगित भएको स्रोतले बताएको छ । 

मंगलबार बसेको बैठकले बुधबार पुनः बसेर मन्त्री बन्ने नेताहरुको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।

स्थायी समितिको बैठक स्थगित भएपछि आज पनि मन्त्री बन्नेहरुको टुंगो लाग्ने सम्भावना कम भएको छ ।