२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला हत्या प्रकरण: वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ



अ+ अ-

कैलाली । दार्चुलाको ब्याँस गाउँपालिका( ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्याको आरोपमा वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ परेको छ ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता रहेका विष्टको मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाबारे अनुसन्धान गर्न प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट , पूर्व वडाध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीको अनुसार उनीहरूलाई बुधबार नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

नरसिंह विष्टको घटना लगत्तै प्रहरीले सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो । प्रहरीले घटनामा दोषि पुष्टि गर्दै दिपकलाई मङ्सिर १२ गते सार्वजनिक गरेको थियो ।

वयानमा दिपकले मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिकाको वडा नम्बर ४ डोबस्थित दार्चुला–तिंकर सडक खण्डमा नरसिंहसँग भेट भएको र आफूले मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद भएपछि उनको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको बताएका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धानको लागि निवर्तमान र वर्तमान वडाध्यक्ष सहित थप तीन जनालाई पक्राउ गरेको जनाएको छ ।