२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन/चाँदीको मुल्य तोलामा रु ३ सयले पुन: बढ्यो



अ+ अ-

काठमाडौं । आज बजारमा सुन चाँदीको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो (मंगलबार) प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) बढेर प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ६ सय कायम भएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।