६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारदमुनीमाथि माधव नेपालको दुर्व्यवहार आपत्तिजनकः गंगा चौधरी (भिडियो सहित)



गंगा चाैधरी
अ+ अ-

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथिगरेको दुर्व्यवहारलाई आपत्तिजनक रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भन्नु जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमला रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होइन समस्त थारु सुमदायको अपमान पनि हो । नारदमुनी रानाकोमात्र सवाल होइन,बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो ।’