२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने आयोगको निर्णय



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‍को गत सोमबारको निर्णयानुसार आयोगले असोज १२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय गरेको हो ।

आयोगले भनेको छ ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम संवत् २०७९ साल मङ्सिर महिनाको ४ गते आइतबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको सन्दर्भमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति असोज १२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता संवत् २०७९ साल मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको छ ।’

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।