२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१८ एशियाली रग्बीः पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी



अ+ अ-

काठमाडौँ । पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यु–१८ एशियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आईतवार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्याण्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्यो । महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौति २६–५ ले समाप्त पार्यो । मलेसियाले थाइल्याण्डलाई १९–७ ले हराउँदै तेश्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एशिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।