२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु



अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ ।

नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए । “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्यौँ”, उनले भने, “अब नियमित रिफ्युलको कार्य हुनेछ ।”

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो । डिपो निर्माण नहुँदा यसअघि काठमाडौँबाट इन्धन बोकेर आउनुपथ्र्यो । सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए । “यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौँबाटै ल्याउनुपर्ने हुन्थ्यो”, उनले भने, “अब भने त्यो समस्या हट्नेछ ।” इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ ।

टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ, भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पुर्याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए । इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठले बताए । “हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौँ”, उनले भने, “कहिल्यै नेपाली सेनाको हेलिकप्टर आकस्मिक रुपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं ।”

विगत छ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो । यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो । यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन । डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतबार रिफ्युल कार्य गरिएको हो । टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे टुइनेटर जहाज सञ्चालनमा छ ।

एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा रु आठ हजार आठ सय १० छन्, भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुईसय बढी लाग्ने गर्छ ।