२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १६.६५ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

सोमवार नेप्से परिसूचक चक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकमसमेत बढेको छ । आईतवार १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमा बैंकिङ उपसमूह बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ६.१४ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ भने बैंकिङ उपसमूहको ०.५८ प्रतिशतले घटेको छ ।

सोमवार सिवाइसी लघुवित्त र समिट लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ । यता मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।