२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले विवाह गर्दैछन् क्रिकेटर केएल राहुल र अभिनेत्री आथिया शेट्टी ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल आफ्ना प्रेम सम्बन्धका कारण प्रायः चर्चामा आउने गर्छन् ।

मिडिया रिपोर्टका अनुसार दुबैले छिट्टै विवाह गर्ने बताइएको भने विवाहको मिति पनि सार्वजनिक भएको छ ।

केएल राहुलका एक नजिकका साथीले भारतीय सञ्चारमाध्यम पिंकभिलालाई बताए कि आथिया र केएल राहुलले जनवरी २०२३ मा विवाह गर्नेछन् । दुवैको विवाह समारोह २१ देखि २३ जनवरीसम्म हुनेछ । बिहे आउन केही दिन मात्रै बाँकी रहेकाले दुबै परिवारमा बिहेको तयारी तिब्र रुपमा भइरहेको छ ।

स्रोतका अनुसार दुवैले दक्षिण भारतीय रीतिथिति अनुसार विवाह गर्ने छन् । हल्दी, मेहन्दी, संगीत लगायत अन्य धेरै अनुष्ठानहरू हुनेछन् । तर नजिकका साथीभाइ र परिवारका सदस्यहरू मात्र यसमा सहभागी हुनेछन् । यो जोडीको विवाहको निमन्त्रणा डिसेम्बरको अन्तिम दिनमा दिइनेछ ।

आथियाले सन् २०१५ मा सुरज पञ्चोलीसँग फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यससँगै उनले थप दुई फिल्ममा पनि काम गरिसकेका छन्, जसमा ‘मुबारकन’ र ‘मोतीचूर चकनाचूर’ फिल्म छन् ।