२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेपलाञ्चोक जिल्लामा नयाँ स्वास्थ्य चौकीका लागि जापानी सहयोग



अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लामा नयाँ स्वास्थ्य चौकी निर्माणका लागि नेपालस्थित जापानी राजदूत किकुता युताका र ग्रामीण सशक्तीकरण समाजका अध्यक्ष मनोजराज पन्तबीच एक अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

यो परियोजना जापान सरकारको ग्रासरुट्स ह्युमन प्रोटेक्शन प्रोजेक्ट्स (जीजीपी) का लागि अनुदान सहायताअन्तर्गत रु एक करोड ४० लाख उपलब्ध गराइएको हो ।

आयोजनाले चौँरीदेउराली गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गर्न सहयोग गरेको छ । अहिले गाउँपालिकाको उत्तरी भेगमा अस्पताल भए पनि गाउँपालिकाको दक्षिणी भागबाट अस्पताल पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ ।

दूरी र यातायात कम पहुँचले दक्षिणी भागका बासिन्दाहरूलाई चिकित्सा परीक्षण र उपचार प्राप्त गर्नबाट बञ्चित गरेको छ । साथै उक्त क्षेत्रमा विद्युत आपूर्ति अस्तव्यस्त रहेकोले अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

परियोजनाले उपलब्ध गराउने अनुदान रकमले स्वास्थ्य चौकीमा सौर्य ऊर्जा उत्पादन प्रणाली, अवस्था सुधार र वरपरका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

जापानले यो परियोजनाले ग्रामीण क्षेत्रमा स्वास्थ्य परिवेशमा सुधार र जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने विश्वास लिएको नेपालस्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यस चिकित्सा सहायताले जापान र नेपालका जनताबीच वर्तमान र आगामी पुस्ताका लागि दुई मुलुकबीचको मित्रतालाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।