२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा मोटरसाइकलमा सवार युवकद्वारा किशोरीमाथि एसिड प्रहार



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्लीमा बुधबार १७ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ । घटना बिहान ७ः३० बजे द्वारका क्षेत्रमा भएको हो ।

युवती आफ्नी कान्छी बहिनीसँग जाँदै गर्दा मोटरसाइकलमा दुई जना आए । पछाडि बसेका केटाले एसिड प्रहार गरे । घटनाको जानकारी प्रहरीलाई बिहान ९ बजे भएको थियो । प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

किशोरीलाई सफदरजंग अस्पतालमा रिफर गरिएको छ । उनले आफ्नो पहिचानमा रहेका २ जनामा ​​शंका व्यक्त गरेकी छन् ।

छोरीको अवस्था गम्भीर रहेको किशोरीका बाबुले सञ्चारमाध्यमलाई बताए । उनले भने, ‘आज बिहान मेरा छोरीहरु सँगै बाहिर गएका थिए । कान्छी छोरी दौडिएर घर भाग्दै आइन् र २ जना केटाले दिदीमाथि एसिड खन्याएर गएको बताइन् । अहिले उनको दुवै आँखामा एसिड परेको छ ।’

एक युवकलाई सोधपुछका लागि हिरासतमा राखिएको छ । अनुसन्धानका क्रममा अर्का एक जना मुख्य संदिग्धका रूपमा देखा परेका छन् र आरोपितलाई पक्राउ गर्न विभिन्न टोली गठन गरिएको छ । सबै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।