२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदेऊः मानवअधिकार आयोग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले अदालतबाट आपराधिक घटनामा दोषी ठहर भइ सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति नदिन भन्दै सरकारलाई सचेत गराएको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै आपराधिक घटनामा संलग्न भएको अदालतबाट ठहर भई सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति दिने कानुन नबनाउन र त्यस्ता घटनामा संलग्नलाई राजनीतिक आवरण नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिन सहज हुने गरी संशोधन अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘अदालतले दोषी ठहर गरी सजाय भोगिरहेका एवम् मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न भएका दोषीहरूलाई राजनीतिक आवरण दिई उन्मुक्ति नदिन त्यस प्रकारको कानून समेत नबनाउन आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’ विज्ञप्तीमा भनिएको छ ।

राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण हुनु हुन्न भन्नेमा आयोग सदैव दृढ रहेको पनि बताएको छ ।

सरकारले टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरी लगायतलाई रिहाइ गर्नका लागि अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश सरकारले राष्ट्रपतिकहाँ पठाइसकेको छ ।