२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन



अ+ अ-

बेइजिङ 'चीन' । चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्।

म्युनिख सुरक्षा सम्मेलनमा भिडियो द्वारा ब्याचेलेटलाई प्रतिबन्ध छ कि छैन भनेर सोध्दा भने विदेशमन्त्री वाङले '(चीन) सबै प्रकारका पूर्वाग्रह र अनावश्यक आरोपहरू अस्वीकार गर्दछ,' भन्ने टिप्पणि गरेका छन् । अधिकारवादी समूह र अमेरिकाले चीनले जातीय उइगरहरू विरुद्ध नरसंहार गरेको आरोप लगाएपछि यो प्रतिक्रिया आएको हो।

चीनमाथि उइगर र अन्य अल्पसंख्यक समूहहरूमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लगाइएको छ जसमा यातना, जबरजस्ती श्रम र १० लाख मानिसहरूलाई नजरबन्द शिविरमा थुनिएको आरोप छ।

गैर-सरकारी संस्थाहरू र सञ्चार माध्यमहरूले चिनियाँ अधिकारीहरूले धेरै गम्भीर मानवअधिकार उल्लङ्घनहरू गरेको प्रतिवेदन तयार पारेका छन् । यसमा सिनजियाङ (उइघुर क्षेत्र) मा लाखौं उइघुर र अन्य टर्किक समूहहरूको मनमानी नजरबन्द, यातना र जबरजस्ती श्रम समावेश छ । हङकङमा स्वतन्त्र मिडिया, लोकतान्त्रिक संस्था र कानुनको शासनको पतनस उच्च-प्रविधि निगरानी प्रणालीहरूले अधिकारीहरूलाई शान्तिपूर्ण आचरणहरू ट्र्याक गर्न र अन्यायपूर्ण रूपमा अभियोजन गर्न सक्षम बनाउँन सहयोग पुर्याउँने बताइएको छ। (रासस/एएनआई)