६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया खेलाडीले स्वर्ण जित्दै रचिन् इतिहास



अ+ अ-

एजेन्सी । जापानकी १३ वर्षीया खेलाडीले टोकियो ओलम्पिकमा स्वर्ण जितेर इतिहास रच्न सफल भएकी छन् ।

१३ वर्षीया मोमिजी निशियाले महिला स्ट्रिट स्केटबोर्डिङमा सोमबार स्वर्ण जित्दै इतिहास रचेकी हुन् ।

यो स्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितिन्। उनी पनि १३ वर्षकै हुन्।

कास्य पदक जापानकै १६ वर्षीया फुना नाकायामाले हात पारिन्।

यस्तै पदक जित्ने तीन खेलाडीको औषत उमेर १४ वर्ष १९१ दिन रह्यो। शीर्ष तीन पदक जितेका खेलाडीको यो अहिलेसम्मके कम औषत उमेर हो। 

स्केटबोर्डिङमा १३ वर्षकै उमेरमा स्वर्ण जिते पनि मोमिजी ओलम्पिकमा कम उमेरमा स्वर्ण जित्ने खेलाडी भने होइनन्।

ओलम्पिकमा कम उमेर स्वर्ण जित्ने कीर्तिमान अमेरिकाकी मार्जोरि गेस्ट्रीङ हुन्। उनले १९३६ को बर्लिन औलम्पिकमा १३ वर्ष २६७ दिनको उमेरमा डाइभिङमा स्वर्ण जितेकी थिइन्। यो उमेर मोमिजीको भन्दा ६३ दिन कम रहेको छ ।