२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ इन्डियन अभिनेत्री यशिका आनन्द सडक दुर्घटनामा गम्भीर घाइते, एक साथीको भने घटनास्थलमै मृत्यु



अ+ अ-

एजेन्सी । तमिल अभिनेत्री यशिका आनन्द कार दुर्घटनामा घाइते भएकी छिन् । तमिलनाडुको महाबलीपुरम नजिकै इस्ट कोस्ट रोडमा शनिबार अबेर राती दुर्घटना भएको हो । दुर्घटनामा यशिकाका एक साथीको घटनास्थलमै मृत्यु भएको छ । 

उनलाई अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । आइतबार यशिकालाई होस आएको बताइएको छ ।यशिकाको हात, खुट्टा, हिपमा फ्याक्चर भएको छ । प्रत्यक्षदर्शीका अनुसार यशिकाले यात्रा गरिरहेको एसयुभी कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएपछि कार सडकछेउ खाल्डोमा खसेको थियो । यशिकासमेत ३ जनालाई स्थानीयले दुर्घटनाग्रस्त कारबाट बाहिर निकालेका थिए ।

तीनै जनालाई नजिकको अस्पताल लगिएको थियो । यशिकाकी साथी वल्लीभेट्टी भवानी कारभित्र नराम्रोसँग फसेकी थिइन् । उनलाई बचाउन उद्धारकर्मीको प्रतिक्षा गरिएको भए पनि उनको घटनास्थलमै मृत्यु भयो । घटनापछि यशिकाका पिता दिल्लीबाट चेन्नइ गएका छन् । भवानीको शवलाई चेंगलपेट अस्पतालमा अटोप्सीको लागि पठाइएको छ । पुलिसले नशाको अवस्थामा गाडी चलाएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ ।