२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरक भूमिका रूचाउने विपीन



अ+ अ-

काठमाडौँ । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उहाँले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् ।

उहाँले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्नुहुन्छ । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमान्को भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गर्नुभयो । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमान्कै भूमिकमा ल्याउनुभयो । उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गर्नुभयो । फिल्ममा उहाँ अवकाशप्राप्त शिक्षकको भूमिकामा हुनुहुन्छ ।

उहाँ वास्तविक उमेरभन्दा बढी देखिनुभएको छ । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । “म चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भन्नुभयो, “निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन । यद्यपि म भने फरकरुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।” उहाँ फिल्ममा दयाहङ राईको समेत अभिभावक बन्नुभएको छ । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उहाँको गुनासो छ ।

अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित हुनुहुन्छ । “हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उहाँको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ”, अभिनेता राईले भन्नुभयो । अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गर्नुभएको छ । उहाँ दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ ।