६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋण लिएर भएपनि सबै नागरिकलाई खोप दिलाउने प्रधानमन्त्री देउवाको आश्वासन (भिडियो)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप दिलाउने प्रतिवद्धता पूरा गर्छौं ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकालमा उहाँले देखिने गरी काम गर्ने पनि बताउनुभयो ।