२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकको उद्घाटन आज



अ+ अ-

काठमाडौँ । विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । 
उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । 

उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नुहुनेछ । सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ । 
    
सुटिङकी कल्पनाले शनिबार बिहान प्रतिस्पर्धा गर्ने 

नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिबार बिहान प्रतिस्पर्धा गर्नुहुने भएको छ । परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँले एक साताअघि नै जापान पुगेर अभ्यास थाल्नुभएको थियो । परियारको खेल बिहान ५ः१५ बजे शुरु हुनेछ । 

टोकियो ओलम्पिकमा पौडीबाट गौरिका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नुहुनेछ । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी हुनुभएको छ । 

पौडीकी गौरिकाले पहिलोपटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गर्नुभएको थियो । उहाँले महिला १०० मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ । 

यसैगरी भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गते सम्पन्न हुनेछ ।