२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन बाढी: रेल स्टेशन र सडक डुबानमा परेसँगै हजारौँको उद्धार



अ+ अ-

काठमाडौं । मुसलधारे वर्षाका कारण मध्य चीनका कैयौँ स्थानहरूमा बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्। रेल स्टेशन र सडक डुबानमा परेका छन्।

ख्वनान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण गरिएको छ।

बाढी सुरु भएयता राजधानी जङ्जोमा कम्तीमा १२ जनाको मृत्यु भएको सरकारी निकायहरूले पुष्टि गरेका छन्।

मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन्।

झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको ख्वनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको छ।

बाढीका कैयौँ कारणहरू हुन सक्छन्। जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ।

सामाजिक सञ्जालमा देखिएका भिडिओहरूमा पूरै सडक डुबानमा परेको र कारसहित अन्य भग्नावशेष तीव्र वेगको पानीमा सुस्त गतिमा बगिरहेको देख्न सकिन्छ।

त्यहाँ हालैको आँधीका कारण क्षति भएको एउटा बाँध भत्किएला भन्ने डर छ। उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ र सेनाले बाँध "कुनै पनि बेला भत्किन सक्ने" चेतावनी दिएको छ।

जङ्जोबाट प्राप्त भएको अपुष्ट भिडिओ फुटेजमा बाढीमा डुबेको सबवे अर्थात् भूमिगत रेलमार्गमा मानिसहरूको काँधसम्म पानी भरिएको देखिएको छ।

मानिसहरू पानीको सतह भन्दा माथि रहनका लागि रेलको सिटमा उभिँदै गर्दा उद्धारकर्ताहरूले डोरीको प्रयोग गरी उनीहरूलाई तानिरहेको देख्न सकिन्थ्यो।

त्यहाँ कति मानिस फसेका छन् भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन तर हालसम्म सयौँको उद्धार गरिएको बताइएको छ।

एउटा मुख्य अस्पताल पनि पानीमा डुबेको बताइएको छ। जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ। (बीबीसी)