काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि डिजिटल भोटिङ प्रविधि तयार भएको छ ।
नेपाली कांग्रेसले कोरोना महामारीको अवस्था कायमै रहेपनि आगामी १४ औँ महाधिवेशन डिजिटल माध्यमबाट गर्न सकिने प्रविधि निर्माण गरेको हो ।
यस्तै नेपाली कांग्रेसको वेबसाइटलाई आधुनिकीकरण गर्दै क्रियाशिल सदस्यताको अभिलेखिकरणको कार्यमा सकारात्मक भएको बताइएको छ ।
७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको हो ।
कोरोना भाइरसको संक्रमण कम भएको मौकामा नेपाली कांग्रेसको १४औं महाधिवेशन भौतिक रुपमै आयोजना गर्ने अपेक्षा रहेपनि पछिल्लो समय बढ्दो कोरोनाको संक्रमणलाई ध्यानमा राखी विभागले ‘डिजिटल भोटिङ’ को सुरुवात गरेको हो ।












