काठमाडौं । मंगलबार अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गर्दै रकेट आक्रमण भएको छ।
इदको प्रार्थनामा राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आक्रमण गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
पछिल्लो समय अमेरिकी र नाटो सैनिकहरूले अफगानिस्तान छाडेपछि विद्रोही समूह तालिबानले आफ्नो प्रभाव बढाउँदै लगेका छन्।
Video by national TV shows the moment rockets landed near the Presidential Palace during Eid prayers this morning. pic.twitter.com/WmEniyfLfM
— TOLOnews (@TOLOnews) July 20, 2021












