२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. हेमन्त खतिवडाको आध्यात्मिक भजन संग्रह पुस्तक प्रकाशित



अ+ अ-

काठमाडौं । डा. हेमन्त खतिवडाको आध्यात्मिक गीतहरुको भजन संग्रह पुस्तक प्रकाशित भएको छ । १०६ वटा भजनहरुसहित ११५ पृष्ठ मा तयार भएको भजन संग्रह पुस्तकमा गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु कृष्ण, लक्ष्मी लगाएतका भजन छन् ।

साथै अन्य बाँकी भजनहरु जीवन, मृत्यु को विषयमा लेखेको डा. खतिवडाले बताएका छन् । भजन संग्रह पुस्तकमा पचास वटा भजन आशा भोश्ले, साधना सरगम, कैलाश खेर, पंडित जसराज कुमार सानु लगायत गायक गायिकाहरुले गाएका छन् ।

क्लासिकल र सेमि क्लासिकलमा गाइएका कतिपय भजन रहेपनि प्रचलित परम्परा भन्दा फरक किसिमले यसमा लेखिएको, निराशावादी नभइकन अधिकांश भजनहरु आशा र उत्साह जगाउने किसिमका, साथै मृत्यु लाई पनि उत्सवको रुपमा चित्रण गरेर लेखिएका भजनहरु उक्त भजन संग्रह पुस्तकमा समावेश भएको डा. खतिवडाले बताएका छन् । डा. खतिवडाका अनुसार यसमा मानिसहरु लाई उत्प्रेणा र प्रेरित गर्ने खालका जीवन दर्शनका विषयहरु पनि समेटिएका छन् ।

गीतकार स्वयम् प्रकाशक रहेको सो भजन संग्रहको मूल्य भने मात्र रु २०० रहेको छ । आकर्षक छपाइ र राम्रो कागजमा सजिएको भजन संग्रह, आध्यात्मिक भजन संग्रहमा गीतकारको पहिलो भजन संग्रह हो ।