२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट



अ+ अ-

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्येबाट चार हजार ८०८ जनाको दोहोरो आवेदन तथा अन्य कारणबाट ६५ हजार १७५ जना गरी ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

योग्य आवेदक २१ लाख १२ हजार ७९९ जनामध्येबाट कम्पनीले गोलाप्रथाबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता शेयर पाएको कम्पनीले जनाएको छ । आवेदन दिएकामध्ये १६ लाख दुई हजार २७५ जना आवेदक हात खाली भएका छन् । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । रासस




भर्खरै