२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तर्साउने घर’ कसरी बेच्ने ? जापानका यी व्यापारीसँग सिक्नुहोस्



अ+ अ-

एजेन्सी । जापानमा धेरै मानिसहरू भूतप्रेत हुन्छ भन्ने कुरा पत्याउँछन्। कसैको अकाल मृत्यु भएको घरमा भूतप्रेत लाग्छ भन्ने विश्वास गरिने भएकाले त्यस्ता घरमा मानिसहरू बस्न रुचाउँदैनन्।

तर आकिरा नामक यी घरजग्गा व्यापारी त्यस्तै भवन विक्री गर्छन्। अकिराले सात वर्ष देदि यस्ता घर बेचिरहेका छन् । उनले आफुले भुताहा घर बेचेका स्वीकार गरेका छन् । उनले भने, 'म भुताह घर बेच्छु, म तर्साउने घर बेच्ने दलाल हुँ ।'  

जापानमा धेरै मानिसहरु भुतप्रेतमा विश्वास गर्छन् । उनीहरु प्रेत्मात्माले तर्साउने कुरा पत्याउँछन् । अकाल मृत्यु भयो वा कुनै मान्छे एक्लै हुँदा मृत्यु भयो भने प्रेत बन्ने उनीहरुको मान्यता छ । 

आकिराले भने, 'मलाइ एकचोटि अकस्मात् एउटा डाँडाको टुप्पामा अवस्थित १५ वटा चिहान भएको घरजग्गा बेचिदिन आग्रह गरियो ।' जापानमा त्यस्तो स्थानलाई जिको बुक्केन भनिन्छ । अकिरा त्यस्तो घरहरुको जिर्णोद्धार गर्छन् । त्यसपश्चात केही छुट दिएर बेच्ने प्रयास गर्छन् । घरमालिकले आत्महत्या गरेपछि यो घर बिक्रीमा छ । जिको बुक्केन किन्ने मेरो अधिकांश ग्राहक युवापुस्ताका छन् । उनीहरु भुतप्रेतको कुरा पत्याउँदैनन् । सन् २०१४ देखि उनले त्यस्ता ५०० वटा घर बेचिसकेका छन्।

तर जापानको घट्दो जनसङ्ख्याका कारण त्यस्ता घरको माघ पनि घटिरहेको छ। सबैलाई अचम्म लाग्न सक्छ, तर 'यो काम रमाइलो छ' भन्ने हाम्रो मुलमन्त्र हो ।  जापानको कुल जनसङ्ख्या १२.७ करोड छ। तर सन् २०६५ सम्म घटेर ८.८ करोड पुग्ने अनुमान गरिएको छ।