२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो त ?



अ+ अ-

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिनुभयो ।

यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला रू एक लाख पाँच हजार पाँच पुगेको थियो । सोमबार छापावाल सुन प्रतितोला रू एक लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार आठ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १५ ले घटेर रू एक हजार तीन सय ६५ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घ अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरुले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बताउनुभयो । महासङ्घले हाल दैनिक ३० देखि ३५ केजी सुन पाउनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष शाक्यले भन्नुभयो, “हाल दैनिक १० केजी सुन मात्रै दिइएको छ, जुन अपर्याप्त छ, अहिलेको अवस्था हेर्दा दैनिक कम्तीमा ३० देखि ३५ केजी सुन आवश्यक छ ।”




भर्खरै