२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो कामः मन्त्री गिरी(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ ।

मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताउनु भयो । मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताउनु भयो । उहाँले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताउनु भयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने बनाउनु आफ्नो दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थान ३०० बेडको अस्पताल स्थापना गर्छौं । यो खुशीको कुरा हो । ३ सय बेड पनि पर्याप्त होइन ५ सय बेडको बनाउनुपर्छ । पछिल्ला दिनमा हामी थप्दै जानेछौँ । यो बीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्नेगरी अस्थायी रुपमा भएपनि उपचारको व्यवस्था गर्नुपर्छ । मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ ।

हामी सबैको एउटै संकल्प छ, त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो, स्वास्थ्यका प्रणालीहरु कसरी चुस्त, दुरुस्त बनाउने भन्ने हो । हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रुपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो । सबै लाग्यौँ भने असम्भव छैन, नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने हाम्रो दायित्व हो, कोही पनि विमुख हुने छैनौँ । स्वास्थ्य क्षेत्रलाई सबै हिसावले गुणस्तरीय, भरपर्दो बनाउने र जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाइ सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउने नै हाम्रो उद्देश्य हो ।’

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउनु आफ्नो पहिलो काम भएको बताउनु भयो ।